
कर्णाली प्रदेशमा तीन मन्त्री थपिएका छन् । लामो समयको आन्तरिक खिचातानी पछि कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तीन मन्त्री थपेका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।
‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिए पछि मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।
प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाह पश्चात तीन जना मन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।