
नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ ।कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ ।
त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनु भयो ।
उहाँका अनुसार माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि तयार रहनु भएको छ । डा. भन्नु भयो , ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भने चाहन्छौं त्यसका लागि हाम्रो सम्पूर्ण प्रयत्न हुन्छ ।’
तीन दल एकठाउँमा आए स्वतस् बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उहाँले बताउनु भयो ।एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उहाँले भन्नु भयो , एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।’