१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसले प्रमको विश्वासको मत आग्रहलाई असफल बनाउने

nepali congress party office

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ ।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेश मार्फत शासन चलाउन खोजको जनाउँदै आपत्ति समेत जनाएको छ ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी लगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ ।

यसैगरी सभापति देउवाले आजै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाउनुभएको छ । “संवैधानिक परिषद् सम्बन्धी लगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिशमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सो प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।