७ बैशाख २०८१, शुक्रबार

पालो छल्ने कर्मचारीलाई ‘कोभिड काज’

nijamati karmacharya
सांकेतिक तस्विर

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन निर्देश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिक लगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

“ती जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।