१४ बैशाख २०८१, शुक्रबार

चन्दका दाजु थुनामुक्त

biplab and kp oli

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त हुनुभएको छ ।

जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको थियो ।

“हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भन्नुभयो ।

पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उहाँलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो ।

अघिल्लो पटक कोभिड भई कमजोर बन्नुभएका उहाँलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।