१५ चैत्र २०८०, बिहीबार

आज निजामती सेवा दिवस : विभन्न कार्यक्रम गरी मनाइँदै

nijamati karmacharya

विद्यार्थी राजनीतिमा मात्र संलग्न हुने गरेका युवाले अहिले दलको राजनीतिमा पनि उपस्थिति बढाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका वडा अधिवेशनमा युवाको संलग्नता बढी देखिएको छ । यसले राजनीतिमा युवाको आकर्षण बढ्दै गएको देखिन्छ ।

गाउँदेखि केन्द्रसम्मको राजनीतिमा बुढापुस्ता हाबी भइरहेको आरोप लागिरहेका बेला युवा वर्गले पनि राजनीतिप्रति संलग्नता बढाउँदै गएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा देखिएको युवाको संलग्नताले यसलाई पुष्टि गर्छ ।

युवाहरु वडा अधिवेशनमा सहभागी मात्र भएका छैनन् । उनीहरु वडा तहमा नेतृत्वमा नै पुगेका छन् । यस्ते मध्येकी एक हुनुहुन्छ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा निर्वाचित १९ बर्षीय स्वस्तिका महत । उहाँले समाजमा भएका विकृति, विसंगती हटाउँदै गाउँ, समाज र सिंगो देशलाई विकासको बाटोमा लैजाने विकल्प राजनीति मात्र देख्नुभएको छ ।

राजनीतिक माहौलमा हुर्किएकी महत मात्र होइन सामान्य वातावरणमा हुर्किएका युवामा पनि राजनीतिक चेतना बढ्दै गएको छ । नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ ।

नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४० दशमलव ३५ प्रतिशत अर्थात सवा १ करोड हाराहारीमा छ । सबैभन्दा ऊर्जाशील यो समुहको प्रतिनिधित्वले मात्रै राजनीतिलाई ऊर्जावान बनाउछ ।

शीर्ष तहमा बारम्बार एउटै व्यक्ति दोहोरिने, निजी स्वार्थका लागि राजनीतिलाई प्रयोग गर्ने, सत्ता र शक्तिको खेलमै राजनीति घुमिरहने, भ्रष्टाचार अनियमिततामा रमाउने लगायतका कारणले राजनीति र नेताहरुमाथि प्रश्न उठ्ने गरेको छ । दल तथा नेताहरुप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको छ । त्यसैले देश र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउन युवाको भूमिका आवश्यक छ ।

भ्रष्टाचार र अनियमितताकै कारण देशले विकासको फड्को मार्न नसकेको भन्ने बुझाइ युवा बर्गमा छ ।स्तो अवस्थामा मुलुकको राजनीतिलाई शुद्धिकरण गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ । युवाको ऊर्जामा मुलुक बनाउने सही मुद्दा समावेश भए विकास र समृद्धिले फड्को मार्न सक्छ ।

मुलुकमा सीमित संख्यामा भए पनि युवा वर्ग राजनीतिमा संलग्न भएको लामो समय भइसकेको छ । तर पार्टीको नीति निर्णयमा हस्तक्षेप गर्नसक्ने क्षमता राख्ने युवा नेता न्यून छन् । सैद्धान्तिक रुपमा हस्तक्षेप गर्नसक्ने योग्य युवाको संलग्नता राजनीतिमा आए धुमिल हुँदै गएको राजनीतिको शुद्धीकरणमा भूमिका खेल्न सक्छ ।