१५ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको यही अवस्था रहे साढे ४ करोड मारिने अनुमान

corona326

चीनमा कोरोना अर्थात् कोभिड–१९ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १५ सय पुगेको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो मात्रै हुबेई प्रान्तमा १ सय १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ सय ८३ पुगेको हो। हुबेईमा ४ हजार ८ सय २३ जना नयाँ संक्रमित भेटिएका छन्। संक्रमण पुष्टि भएर अहिले झण्डै ५२ हजार मानिसले उपचार गराइरहेका छन्। अधिकारीहरुका अनुसार संक्रमितको संख्या ६५ हजार छ,

कोरोना भाइरसका कारण ४५ मिलियन व्यक्तिहरु मारिन सक्ने अनुमान गरिएको छ । यो विश्वलाई चुनौती दिइराखेको आतंकवाद भन्दा पनि निकै ठुलो समस्या हुने अधिकारीहरुले अनुमान गरेका छन् ।

corona35

पछिल्लो एक रिपोर्ट अनुसार दिनप्रतिदन बढीरहेको संक्रमितहरुको संख्या र मृतकहरुले थप त्रास थपेको छ ।

हङकङका एक मेडिकल अधिकारीका अनुसार यो भाइरसले विश्वको ६० प्रतिशत जनसंख्यालाई असर गर्ने अनुमान व्यक्त गरेका छन् ।

प्रोफेसर ग्रावियल लिउंगले भनेका छन्,‘यदी मृत्युदर यही अवस्थामा रहने हो भने यो करोडौँ संख्यामा पुग्न बेर लाग्दैन ।’

corona321

उनका अनुसार विश्वको जनसंख्या ७ बिलियन रहेको छ, यो भाइरसले चार बिलियनलाई संक्रमित गराउन सक्छ । यदी एकप्रतिशत मानिसहरु पनि मरे भने त्यो संख्या ४५ मिलियन हुन आउँछ ।

हालसम्म यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन प्रयास भए पनि निष्कर्षमा पुग्न वैज्ञानिकहरु सकिरहेका छैनन् । विश्व स्वास्थ्य संगठनका प्रमुख जनरल टेडो एडानोम गेब्रीयससले भनेका छन्,‘हालसम्मकै ठुलो चिहान हुने अवस्था देखिएको छ ।’

coronadata

उनले भनेका छन्,‘विश्वभर राजनीतिक, सामाजिक,आर्थिक समस्या ठुला देखिएका थिए । तर, अब भने कोरोना भाइरसले सबैलाई पछि पारेको छ । यो भाइरसका कारण विश्वले हालसम्कै ठुलो नोक्सानी भोग्नेछ । आतंकवादभन्दा पनि ठुलो दुर्घटना भाइरसले निम्त्याउने गर्छ । यदी विश्व जागेन भने र यसलाई पब्लिक इनिमी नम्बर १ मा राखेन भने विश्वले ठुलो संकट देख्नेछ ।’

यो भाइरस नियन्त्रणका लागि कम्तिमा १८ महिना लाग्ने वैज्ञानिकहरुले बताएका छन् । ‘सन् २००३ मा देखिएको सार्सबारे अध्ययन गरिरहँदा यसबारे ध्यान दिएको भए विश्वले आज यो संकट देख्ने थिएन’, उनले बताएका छन् ।

c

उनका अनुसार आफुसँग जे हतियार छ त्यसलै यो भाइरसविरुद्ध लड्न आवश्यक छ । भ्याक्सिन बन्न पनि समय लाग्ने भएका कारण यसको असर लामो समयसम्म देखिने उनले बताएका छन् ।
उनले भनेका छन्,‘हाल चीनका लागिमात्र यो संकट देखिएको छ । तर, निकट भविष्यमा यो भाइरसले ठुलो वितण्डा मच्चाउने छ । यसले ठुलो चिहान बनाउनेछ ।’ एजेन्सी