१२ बैशाख २०८१, बुधबार

आज बिहान साढे १० बजे एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

kp oli

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाउनुभएको छ।

आज (आइतबार) बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक समितिको बैठक बोलाईएको हो । बैठकको सुचना शनिबार राति ११ बजेतिर पठाइएको जनाकारीमा आएको छ ।

नेपाल-खनाल समुहका नेताहरुलाई सोधिएको स्पष्टिकरणको परिपेक्षमा नेताहरुले बुझाएका जवाफलाई लिएर बैठक बोलाइएको एक सदस्यले बताएका छन् । बैठकमा सांसदहरुको जवाफ र सम्भवतः कारवाही सम्बन्धकाबारे केन्द्रित हुने सम्भावना रहेको उनले बताए ।