१५ चैत्र २०८०, बिहीबार

अध्यक्ष ओली र नेता नेपालबीच मेरियटमा गम्भीर विचार विमर्श शुरु

kp oli madhav nepal

लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो ।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन ।

यसअघि स्थायी समिति सदस्य योगेश कुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टी भित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।

ओलीबाट धमाधम कारबाहीको शिकार भएको यो पक्षसँग ओलीले वार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।