१५ चैत्र २०८०, बिहीबार

अवैध लागुऔषध सहित मेडिकल सञ्चालक पक्राउ

thug arrested

बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागु औषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२:०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागु औषध सहित पक्राउ परेका हुन् ।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागु औषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेट सहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै नगद रु एक लाख १७ हजार र एक मोबाइल समेत बरामद गरिएको छ ।