१५ चैत्र २०८०, बिहीबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा स्वास्थ्यकर्मी पठाइयो

jugal gaupalika

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसका लक्षणसँग मिल्दोजुल्दो लक्षणका विरामी देखिएपछि त्यहाँ स्वाथ्यकर्मी पठाइएको छ।
जुगल गाउँपालिकाको वडा नम्बर ३ र ८ मा मंगलबारदेखि नै शंकास्पद विरामी देखिएपछि गाउँपालिकाले आवश्यक सहयोगका लागि सरोकारवाला निकायसँग सहयोग मागेको थियो।

बुधबार यस्ता शंकास्पद विरामीको संख्या २ सय नाघेको थियो। यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएसंगै गाउँपालिकाले चिकित्सक टोली परिचालन गरेको छ । जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले एकैपटक सय जना भन्दा बढीमा विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरे संगै गाउँपालिका चिकित्सक टोली परिचालन गरेको जानकारि दिए ।

उनले स्थानीयहरु आतंकित बने पनि अवस्था त्यति अस्थव्यस्थ नरहेको बताए। उनले कोरोना हो भन्ने पुष्टि नभएको र भाइरल इन्फ्लुन्जा हुनसक्ने बताए। तर, स्वास्थ्यले रिपोर्ट दिएपछिमात्र केही भन्न सकिने बताए। उनले केन्द्र सरकार र प्रदेश सरकारबाट पनि स्वास्थ्यकर्मी एक दुई दिनमै आइपुग्ने बताए।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका विरामी देखिएपछि त्रास फैलिएको बताए। उनले स्वास्थ्यकर्मी पठाउन प्रदेश र केन्द्र सरकारलाई पत्राचार गरेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल मर्हजनले जानकारी दिए। उनले भने, ‘सीडीओसा’वको मा बैठक भइरहेको छ। हामीले सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई जुगलमा पठाएका छौं।’

jugal patra