१२ बैशाख २०८१, बुधबार

प्रदेश २ को मुख्यमन्त्री दौडमा मनीष सुमन अग्रपंत्तिमा

Manish Suman

राजपा नेपालले प्रदेश २ को मुख्यमन्त्रीका लागि प्रदेश सांसद मनीष सुमनलाई अगाडि सार्दै छ । विशेष स्रोतका अनुसार नेकपा र राजपा नेपालको अब बन्ने प्रदेश सरकारमा मनीषलाई मुख्यमन्त्री बनाउने योजना रहेको छ ।

यस विषयमा आधिकारिक जानकारी नआएको तर पार्टीले दिएको कुनै पनि भुमिका निर्वाह गर्न उनि तयार रहेको जानकारीमा आएको छ ।

सरकारमा (राजपा) नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादव भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

राजपाले संसदीय दलको नेताको निर्वाचन अहिलेसम्म गरेको छैन । राजपाका सांसदले संसदीय दलको नेताको निर्वाचन माग गर्दै अध्यक्षमण्डललाई अनुरोध गरिसकेका छन् । नेताहरु स्वदेश फर्किपछि राजपा नेपाल प्रदेश २ को संसदीय दलको निर्वाचन गर्ने तयारीमा छ ।

नेकपा र राजपाको बन्ने नयाँ गठबन्धनको प्रदेश सरकारमा मनीषलाई मुख्यमन्त्री बनाउन संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने तयारी पार्टीमा छ ।

यद्यपि, सोनलले यो प्रक्रिया रोक्ने प्रयास गर्दै आएका छन् । निर्वाचन भए सोनल संसदीय दलको नेताका लागि निर्वाचन लड्ने तयारीमा छन् ।

अहिले प्रदेश २ सरकारको भौतिक पूर्वाधारमन्त्री सोनललाई राजपा नेता महन्थ ठाकुरले एक पत्र लेख्दै प्रदेश २ मा जितेन्द्र संसदीय दलको नेता तोकेका छन् ।

केन्द्र सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि त्यसको ठाउँमा राजपालाई सरकारमा ल्याउने र दुई नम्बर प्रदेशको सरकारबाट पनि समाजवादी पार्टीलाई ‘आउट’ गरेर नेकपा– राजपाको सरकार गठन गर्ने नेकपाको योजना रहेको समाजवादी पार्टीले निष्कर्ष निकालेको छ। अहिले दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ।

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकार विरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेको, अनावश्यक रुपमा मुद्दा मामिला गर्ने गरेको भन्दै समाजवादी–राजपा सम्मिलित सरकार हटाएर नेकपा–राजपा सम्मिलित सरकार गठन गर्न प्रधानमन्त्री ओलीले उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेको समाजवादी पार्टीको बुझाइ छ ।

https://nepalghatana.com/2019/11/25/3070/