१६ चैत्र २०८०, शुक्रबार

नेपालको बलिङ्ग चम्किदा संयुक्त राज्य अमेरिका ३५ रनमा अल आउट

nepal vs usa 35 out

टस जितेर पहिले बलिङ रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई सस्तो मै अल आउट गरेको छ ।

nepal cs usa toss

जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सन्दिप लामिछानेले ६ विकेट र सुसन भारी ले ४ विकेट लिए पछी नेपालले ३६ रन को लक्ष्य पाएको छ । संयुक्त राज्य अमेरिकाले जम्मा १२ ओभरको खेल मात्र खेल्न सक्यो ।

सन्दिपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए भने सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । करन के.सिले भने ३ ओभरमा १३ रन दिए र १ मेडन राखे ।

sandip lamichhane

संयुक्त राज्य अमेरिकाको १ जना ब्याट्स्म्यानले मात्र दोहोरो अंक टेक्न पाए भने बाँकी सबै सस्तोमै आउट भए ।

त्यसै गरी नेपाल ले २ विकेट गुमाएर ५.२ ओभरमा ३६ रन पुरा गर्‍यो । यसक्रममा नेपालले ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलको विकेट गुमायो । मल्ल १ रनमा आउट भए भने खकुरेलले रन जोड्न सकेनन् ।

पारस खड्का को अविजित २० रन र दिपेन्द्रसिंह ऐरी ले १५ रन बनाए ।

तस्विर स्रोत्: क्रीकेट एसोसिएसन नेपाल/आइ सि सि