१५ चैत्र २०८०, बिहीबार

साङलो र सेल्फी किङ्गको सुखद ब्यापार

movie business

यस बर्षको तिहारपछि सेलाएको बक्स अफिस पुन तातिएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको दुइ फिल्म साङलो र सेल्फी किङलाइ दर्शकशले रुचाएका छन । साथै दुबै फिल्मले राम्रो कारोबार गरिरहेको छ । डेब्यु निर्देशक बिशाल सापकोटाको लेदन तथा निर्देशनमा बनेको फिल्म सेल्फी किङ एक हास्यकलाकारको ३ दिनको कथामा निर्माण भएको हो ।

फिल्ममा बिपिन कार्कीले एक हास्य कलाकार अर्थात सेल्फी किङको भुमिका निभाएका छन । दिनेश राउत र सुवास थापा मिलेर निर्माण गरेको फिल्ममा बिपिनको अभिनयलाइ दर्शहरुले रुचाएका छन । र फिल्मले दर्शकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाको कारण निर्माण टिम सन्तृष्ट देखिएका छन । फिल्ममा बिपिनसँगै लक्ष्मि बर्देवा भुवन चन्द अवय बराल लोकमणि सापकोटा सबिन बास्तोला कमल देबकोटा लगायतको अभिनय रहेको छ ।

prem geet rights

त्यसैगरी करिब ४ बर्षपछि आफ्नै निर्माण निर्देशन फिल्म साङलो मार्फत नेपाली फिल्ममा पुन कमब्याक गरेका अभिनेता बिराजको कमब्याकलाइ दर्शकहरुले स्वागत गरेका छन । समाज भित्रको बिभिन्न पाटोलाइ समाबेश गरिएको यस फिल्ममा बिराजको एक्सनको दर्शकहरुले तारिफ गरेका थिए । र बिराजले यसरि दर्शकहरुको माया र साथ पाइरहेको खण्डमा नेपाली फिल्मको निर्माण तथा अभिनय गरिरहने कुरा बिराजले बताएका थिए । यसै फिल्मबाट २०१७ कि मिस नेपाल निकिता चाण्डकले समेत अभिनयमा डेब्यु गरेकि छिन र दर्शकहरुबाट फिल्मले पाएको मायाबाट आफु निकै उत्साहित रहेको पनि बताएकि थिइन ।

फिल्ममा बिराजर निकितासँगै प्रकाश शाह कामेश्वर चौराशिया जयनन्द लामा शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

दुबै फिल्म गत्तिलो प्रचारप्रचार पश्चात प्रदर्शनमा आएको र दुबै फिल्मको माउथ पब्लिसिटि राम्रो रहेका कारण लामो रेशको घोडा बन्ने अनुमान गरिएको छ ।