७ बैशाख २०८१, शुक्रबार

प्रेमगीत ३ को राइट्स महँगो रकममा बिक्री

prem geet rights

यस बर्षको बहुप्रतिक्षित मध्येको एक चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । साथै सार्वजनिक हाति ढुङ्गामा बोलको गीतको हा हु टिकटक च्यालेन्ज समेत निर्माण टिमले सुरु गरेको छ र फिल्मको ट्रेलर रिलिज अगाबै फिल्मको राइटस अमेरिकामा ४५ हजार डलर अर्थात नेपाली रुपैया करिब ५० लाखमा रुपैयामा बिक्रि भएको छ ।

उतर अमेरिकाको थिएटर अधिकार ग्लोबल फिल्मस अवार्डका प्रमुख नबराज श्रेष्ठ र आशुशेन फिल्मसको तर्फबाट फिलमका निर्माता तथा निर्देशक सन्तोश सेनले सम्झौता गरेका हुन । चैत्र २८ बाट प्रदर्शनमा आउने यस फिल्मको अन्य देशहरुबाट समेत उच्च माग रहेको पनि निर्माण टिमले बताएका छन ।

करिब दुइ सय बर्ष पुरानो प्रेम कथामा बनेको फिल्मलाइ सन्तोष सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका हुन । साथै फिल्मको छायँकनमा राजेश श्रेष्ठ ,सम्पादनमा बनिश शाह र भुपेन्द्र अधिकारी, सँगीतमा एलिश कार्कि र फिल्मको कथा मन्दिप गुरुङ र निर्देशक छेतेनकै रहेका छन ।

करिब ३ करोडको लगानिमा निर्माण भएको फिल्मको सह निर्मातामा कुमार सान शाह र ओ एस आर डिजिटल कार्यकारी निर्मातामा चक्र बहादुर चन्द डम्बर बिक्रम सेन रहेका छन । फिल्मको छायाँकन सकेर प्रोष्ट प्रोडक्सनको काम भइरहेको फिल्ममा प्रदिप खडका कृष्टिना गुरुङ शिब श्रेष्ठ, सुनिल थापा ,माओत्से गुरुङ ,मनिश राउत, पुष्कर कार्की ,प्रेम पुरी, लक्ष्मि बर्देवा, अनुभब रेग्मी योगिशा खत्रि लगायत कलाकारहरुको अभिनय रहेको छ ।