६ बैशाख २०८१, बिहीबार

एलिशा र सुशान्तले सिड्नी तताउँदै

84134964 2673348252780323 2342047277121536000 n

बिगत ३ बर्ष देखि लगातार गर्दै आएको रगडेल होली मेला यस पटक पनि आयोजना हुने
भएको छ ।

नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ ।

बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने बिस्वास लिएको छ आयोजक टिमले । रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले बताए।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहने छ। हामीले मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ इतिहास रच्नेछौ उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो।