
चीनले गरिरहेको नियन्त्रणको अथक प्रयासका बाबजुत पनि कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढीरहेको छ।
कोरोनाभाइरसका कारण आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म यस प्रकोपका कारण मृत्यु हुनेको संख्या ९१० पुगेको छ ।
मृत्यु भएका दुईवटा केस चीनको मुख्य भूमीभन्दा बाहिरका हुन् । दुवै जना चिनिया नागरिक एक जनाको फिलिपिन्स र अर्को एक जनाको हङकङमा मृत्यु भएको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको पछिल्लो रिपोर्टका अनुसार संक्रमितको संख्या ४०,१७१ पुगेको छ । शनिबारभन्दा आइतबार संक्रमितको संख्या बढेको थियो । अहिलेसम्म चीनले रोकथामाका लागि प्रयास गरिरहे पनि मृतकको संख्या दिनहुँ बढी रहेको छ ।
आयोगका अनुसार संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ३३४२ जनाको स्वास्थ्यमा सुधार आएको छ ।