१५ बैशाख २०८१, शनिबार

वुहानबाट नेपाल एयरलाइन्सको जहाजले नेपाली उद्धार गर्ने

nepal airlines

चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज जाने भएको छ।

झन्डै १ सय ८० को हाराहारीमा रहेका नेपाली लिन वाइडबडी लैजाने विषयमा छलफल भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चाना खड्काले जानकारी दिइन्।

‘विद्यार्थी उद्धारका लागि वाइडबडी जहाज पठाउने निश्चित भएको छ,’ खड्काले भनिन्, ‘अहिलेसम्म फागुन ३ गते चीनको वुहान जहाज पठाउने गरी तयारी भएको छ।’

विद्यार्थीका परिवारले आइतबार मात्रै मानवअधिकार आयोगसँग आफ्ना परिवारका सदस्यलाई नेपाल फिर्ता गर्न सहयोगका लागि आग्रह गरेको थिए। सरकारले पनि कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपाली विद्यार्थी नेपाल ल्याउने भन्दै तयारी थालेको एक साताभन्दा बढी भइसेकेको छ।