१६ चैत्र २०८०, शुक्रबार

झापामा छिमेकीको कुटाइबाट एक दलितको मृत्यु, दृष्टिविहीन पत्नीलाई बाँधेर गोबर खुवाए

death

झापामा छिमेकीको कुटाइबाट एक दलितको मृत्यु भएको छ । जातिय दुव्र्यवहार गरेको भन्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु भएको हो । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले बताएका हुन् ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीले बताएका छन् ।

घिमिरे परिवारले विगतदेखि नै बलबहादुर विश्वकर्मालाई जातीय दुव्र्यवहार गर्दै आएको उनका परिवारले जानकारी दिए । बलबहादुरका दृष्टिविहीन पत्नीलाई पनि घिमिरेका परिवारले रक्सी खाएर हल्ला गरेको भन्दै बाँधेर गोबर खुवाएका थिए । बलबहादुरको शव अझै परिवारले बुझेका छैनन । झगडा हुँदा भएको कुटपिटले विश्वकर्माको मृत्यु भएको हो कि होइन भनेर छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।