१३ बैशाख २०८१, बिहीबार

मन्त्री बस्नेतलाई गण्डकीको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

basnet 768x513 1

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। उहाँले आज पदभार ग्रहण गर्नु भएको छ । बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापा मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिनुभएको छ ।

राजीनामापछि मन्त्रालय रिक्त भएको थियो। रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै लगाउनुभएको छ । मन्त्रालय समालेपछि मन्त्री बस्नेतले भन्नुभयो , ‘कानुनको प्रभावकारी कार्वान्वयन गराएर प्रतिबद्ध छु।’