fbpx
३ जेष्ठ २०७८, सोमबार

शुक्रबार थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७३५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ, नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन् । हाल २६ सय १५ जना आइशोलेशन र ८४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २३ लाख ६ हजार २४४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।