१६ चैत्र २०८०, शुक्रबार

मकवानपुरमा बलात्कारका ३१ घटना दर्ता, बालिकादेखि वृद्धा समेत पीडित

rape symbolic

मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।

बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बतााउनुभयो । यसअघि २०७६-७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटना सम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।

त्यस्तै २०७५-७६ मा ३२ वटा बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिले सम्म फरार छन् । आर्थिक वर्ष २०७४-७५ मा २२ वटा बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् ।

बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् ।