१ कार्तिक २०७८, सोमबार

मन्त्रीपद गुमाएको २४घण्टा भित्रै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वरा मन्त्री पदमा नियुक्ती, सपथ ग्रहण आजै (विज्ञप्ती सहित )

shital niwas

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट बिहीवार पदमुक्त भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त भएका हुन ।

पदमुक्त भएको २४ घण्टा नबित्दै प्रधानमन्त्रीको सिफारिसमा, राष्ट्रपतिद्वारा चारै जनालाई देहाय बमोजिमको कार्यभार सहितको नियुक्ती प्रदान गरिएको राष्ट्रपती कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ती अनुसार श्री टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, श्री लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, श्री प्रभु साहलाई सहरी विकास र श्री गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

श्रोतका अनुसार नव-नियुक्त मन्त्रीहरुको सपथ शुक्रबार साँझ ५ बजे गरिने कार्यक्रम रहेको छ ।

mantri nuyukti