१४ बैशाख २०८१, शुक्रबार

अर्बपति विनोद चौधरीको सम्पत्ति घट्यो, अर्बपति सूचीमा २१४१ स्थानमा

Binod Chaudhary

अर्बपति विनोद चौधरीको सम्पत्ति गत वर्षको तुलना घटेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसका उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको हो।

दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।

यस्तै,फोर्ब्सको अर्बपति सूचीबाट तल झरेका छन् । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी अरबपति सूचीबाट तल झरेका हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। उनी अघिल्लो वर्ष १५१३ स्थानमा रहेका थिए ।