१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य तोलामा १००० ले बढ्यो, के कतिमा भईरहेको छ त कारोबार ?

gold

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १००० ले बढेको छ।

हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा १ हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।