१४ बैशाख २०८१, शुक्रबार

उद्योगपति विनोद चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित

binod chaudhari विनोद चौधरी
फाइल फोटो

नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् ।

बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् ।

चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।