७ बैशाख २०८१, शुक्रबार

कोभिड–१९ विरुद्धको तयारी थाल्न मुख्यमन्त्रीको निर्देशन

rautt 750x375 1

मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को संक्रमण पैmलिन नदिनको लागि आवश्यक तयारी अगाडी बढाउन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।

कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणबारे सोमबार जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकमा उहाँले यस्तो निर्देशन दिएका हुन् । तत्कालै आत्तिनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कतमा बस्न उहाँले सरोकारबालाहरुलाई निर्देशन दिए । छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोभिड–१९ संक्रमितको संख्या बढिरहेकोले यसको चपेटामा आउने जोखिम बढेको उनले थपे । सीमानाकामा आवश्यक सतर्कता अपनाउन उहाँले सुरक्षानिकायका प्रमुखहरुलाई निर्देशन दिए । अघिल्लो पटक पर्सा, सप्तरी लगायतको जिल्लाहरुमा नयाँ संक्रमित फेला परेको छ । विगतमा भएको त्रुटीहरु सुधार गर्दै थप प्रभावकारी तरिकाले तयारी अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । उनले जनकपुरको मणिपालमा सय शैय् याको कोभिड अस्पताल खडा गर्नको लागि आवश्यक तयारी गरिने जानकारी दिए । कोभिड विरुद्धको अभियान अगाडी बढाउनुस्, उनले भने–‘यसको लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्न तयार छ ।’ कोरोना कालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब, भत्ता केही दिनभित्रै उपलब्ध गराउने उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमार्पmत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने उनले बताऐ । कोभिड– १९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरे । समाजिक दूरी कायम गरेर दैनिक कामकाज गर्नुका साथै अनावश्यक भिडभाड नगर्न उनले आग्रह गरे । समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ महामारी विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनीहरुको अथक प्रयासले प्रदेशमा कोभिड–१९ महामारी विरुद्धको अभियानमा सफल भएको मन्त्री साहको तर्क थियो । मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले कोभिड–१९ विरुद्धको अभियानमा देखिएको समस्याहरु तत्काल समाधान गर्नको लागि आग्रह गरे ।

बैठकमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।