७ बैशाख २०८१, शुक्रबार

ओली नक्कली एमालेः नेता नेपाल

paudel 750x375 1

एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली एमाले बताएका छन् ।

अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई गरुडास्थित तुलसीलाल स्मृति सभा भवनमा सम्बोधन गर्दै नेता नेपालले पार्टीप्रति बफादार र इमानदार नेता कार्यकर्तालाई कारबाहीको डर देखाउँदै पार्टीभित्र हैकम चलाएको आरोप लगाए । पार्टीले महिलालाई सम्मान गरेको बताउँदै नेता नेपालले देशमा प्रधानमन्त्री बाहेक सबैजसो उच्च पदमा महिलाले सम्मान पाएको बताए । स्थानीय बज्जिका भाषामा सम्बोधन गर्दै एमाले नेता नेपालले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता पदमा महिला पुगिसकेको बताउँदै नेपाली महिला सक्षम बन्दै गएको तर अझ पनि धेरै काम गर्न बाँकी रहेको बताए । पार्टीको आन्तरिक विषयलाई जोड्दै एमाले नेता नेपालले पार्टीलाई नियम र प्रक्रिया तथा वधिअनुसार नचलाई नियम र अनुशासनको निरन्तर उल्लंघन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि लगाए । पार्टीले गरेको निर्णय नै नमान्ने, पार्टीको बैठक नै नबोलाउने र पार्टीमा आफूलाई मात्र सर्वोच्च ठान्ने प्रवृत्ति पार्टी अध्यक्षमा रहेकोले पार्टीमा गडबडी उत्पन्न भएको नेता नेपालको भनाइ थियो । पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीको पदमा रहेकोले मात्र उनले पार्टीमा हैकम चलाउन सकेको बताउँदै नेता नेपालले शासनको बागडोर हातबाट फुत्केपछि उनीसमक्ष कोही पनि नेता कार्यकर्ता टिक्न नसक्ने बताएका छन् । रौतहट नेकपाको गढ भएको जिल्ला रहेको उनले बताए ।

रौतहटबासीले विभिन्न आन्दोलन गर्दै रौतहट जिल्लालाई देश भरी नभई अन्तराष्ट्रिय जगतमा चिनाएको र आफु रौतहटको धर्तीपुत्र रहेको समेत बताए । कार्यक्रम अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विनिता बख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता राम कुमार भट्टराई, कमल यादव, शेख कलिमुल्लाह, नगर अध्यक्ष श्यामनन्दन सहनी लगायत एमालेको विभिन्न नगरपालिकाको नेता कार्यकर्ता तथा सयौ महिलाहरुको उपस्थिती रहेको थियो ।