१६ चैत्र २०८०, शुक्रबार

अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

nadi utkhanan
फाइल फोटो

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैध रूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ । व्यास नगरपालिका–७ गलमखोला स्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैध रूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नंको एक्साभेटर सहित ग१त ६०९८ नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।

ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिना इजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटर सहित बालुवा लोड गरेको ग१त ४०६१ नंको टिपरलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिना इजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटर सहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिना इजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग १ क ३७८८ नंको एक्साभेटर र ग १ क ३१७५ नंको जेसिभी सहित ग१क ३२५२, ग १ क ३२५१ नंको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।