१३ बैशाख २०८१, बिहीबार

मनकामना केबलकार ६ दिनका लागि बन्द हुँदै

manakamana cabelcar

मनकामना दर्शन प्रालिले सञ्चालन गरेको मनकामना केबलकारको सेवा आगामी चैत २५ गतेदेखि ३० गतेसम्म बन्द हुने भएको छ ।

केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको काम अनुसार बुल ह्लिल बियरिङ नयाँ फेर्नुका साथै अन्य मर्मत संभारका लागि केबलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

मर्मत तथा स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएकाले केबलकारको सेवा बन्द गर्नु परेको बताइएको छ । उक्त अविधमा केबलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्टको सेवा भने यथावत सञ्चालनमा रहने जारी विज्ञप्मिा जनाइएको छ ।

मर्मत संभारपछि आगामी चैत ३१ गतेदेखि नियमित रुपमै केबलकारको सेवा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।