१५ चैत्र २०८०, बिहीबार

गच्छदारलाई भ्रष्टाचार मुद्दापछि कांग्रेसको आकस्मिक बैठक बस्दै

nepali congress party office

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ। बालुवाटार ललिता निवासको जग्गा किर्तेमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गच्छदारसहित १सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ।

अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आजको बैठकले भ्रष्टाचार मुद्दामा मुछिएका गच्छदारका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने छ।

जग्गा काण्डमा मुछिएका पुर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल लगायतलाई मुद्दा दायर नगर्ने , जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने तर गच्छदारलाई मात्र दोषीका रुपमा मुद्दा दायर गरेको टिप्पणी कांग्रेसले गर्दै आएको छ ।