८ बैशाख २०८१, शनिबार

रामचन्द्र पौडेलको प्रश्न : लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ ?

रामचन्द्र पौडेलको प्रश्न : लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित सरकारी जग्गा हिनामिना आरोपमा बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाप्रति आशंका उब्जेको बताएका छन्।

आफ्नो पार्टीका उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पौडेलले यस्तो प्रतिक्रया जनाएका हुन ।

आयोगले बुधबार नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा यसअघि पटकपटक मन्त्री भएका विजयकुमार गच्छदार, अन्य पूर्वमन्त्री, पूर्वसचिव, व्यवसायीलगायत १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ,’ पौडेलले बुधबार राती सामाजिक सञ्जालमा लेखेका छन्। ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइनरु’

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको मुद्दा दर्ताले राजनीतिक पूर्वाग्रह देखाएको आरोप लगाएका थिए।