
पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको हो । पछिल्लो २४ घण्टामा चार हजार २१३ पीसीआर परीक्षण भएका छन् ।
यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३१ पुगेको छ । त्यस्तै एक हजार ५७९ जना आइसोलेसनमा र ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ७५ हजार ५४० पीसीआर परीक्षण भएका छन् ।