१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘प्रेमगन्ज’मा बेनिशा र तेजको जोडी

tej and benisha scaled

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ फिल्म ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।

फिल्ममा नयाक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका जागिरे तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली फिल्म जगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।

यसअघि नै फिल्मकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।

बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो फिल्मका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने वताईएको छ ।