१३ बैशाख २०८१, बिहीबार

नेकपा एमाले प्रदेश कमिटी हेरफेर

CPN UML party office

नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । हेरफेर गरिएको जिम्मेवारी यस प्रकार रहेको छ :

प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् ।

यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन् ।

यस्तै वागमती प्रदेशमा इन्चार्ज रामवहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहनुभएको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहनुभएको छ ।

लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहनुभएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहनुभएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहनु भएको छ ।