८ बैशाख २०८१, शनिबार

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिँदै

paras shah

अगामी चैत १८ गते सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ ।

राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् । यसका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति सेमत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । समारोह बारे जानकारी दिने उद्देश्यले आयोजित उक्त पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको जानकारी दिए । पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरे ।

अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंहले समारोहमा पूर्व युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेपनि यसबारे टुङ्गोचाही लागि नसकेको जानकारी दिए ।