१६ चैत्र २०८०, शुक्रबार

पूर्व युवराज पारस अस्वस्थ

paras shah 1

पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनुभएको छ । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बस्नुभएका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उहाँलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी, रगत परीक्षण गर्न लागेको उहाँले जानकारी दिनुभयो । रेग्मीले भन्नुभयो, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उहाँले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार, शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।