१३ बैशाख २०८१, बिहीबार

चितवनका सामुदायीक वन र निकुञ्जमा डढेलो, समयमै नियन्त्रण लिन कठिनाइ

dadhelo

चितवन जिल्लाका वनमा केहीदिन यता लागेको डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । जिल्लाको सामुदायीक वन, चितवन राष्ट्रिय निकुञ्ज लगायतको क्षेत्रमा लागेको आगो नियन्त्रण लिन नसकिएको हो । भरतपुसंग जोडिएको सामुदायीक वनहरुमा पनि आगलागी हुँदा पनि समयमै नियन्त्रण लिन कठिनाइ हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

भरतपुरसंग जोडिएको रामबेल सामुदायीक वन,सतनचुली सामुदायीक वन,नारायणगढ–मुग्लिन सडकसंग जोडिएको वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको छ । पहाडी क्षेत्रमा बाटो र बस्तीभन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी नियन्त्रण गर्न सम्भव नहुँने सामुदायीक वनका प्रतिनिधिहरुले जनाएका छन ।

गतबर्ष चितवनमा पाँच सय हेक्टरमा आगलागी भएकोमा करिब सय हेक्टर क्षेत्रफलमा मात्रै समयमै आगलागी नियन्त्रण लिन सकिएको डिभिजन वन कार्यालयले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । चितवनमा सामुदायीक वन र राष्ट्रिय वनले ठूलो क्षेत्रफल ओगटेको छ । चितवनसंग पर्सा रािष्ट्रय निकुञ्ज र नवलपरासीसंग जोडिएको राष्ट्रिय वनपनि जोडिएका छन । हरेक बर्ष फागुनदेखि बैशाखसम्म यी क्षेत्रमा आगलागी हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको पर्नेहरुले पालुवाको लोभले आगजनी गर्नेगरेको बताउनुहुन्छ ।