१६ चैत्र २०८०, शुक्रबार

योगेश भट्टराईले भने, ‘थोरै लचकता अपनाएमा पार्टीको एकता सम्भव छ’

yogesh bhattarai
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले पार्टीको एकता कायम गर्नका लागि सबैले आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

आफ्ना गतिविधिमा थोरै मात्र पनि लचकता अपनाएर पार्टीको एकता कायम गर्न सकिने बताउँदै भट्टराईले आफ्ना समकक्षीहरुलाई आफ्नो स्तरको प्रयास गर्न आग्रह गरेका हुन् ।

भट्टराईले आफ्नो ट्वीटरमा ट्वीट गर्दै अवस्था बिग्रिएपछि झन् बढी क्षति हुने र मुलुकलाई दशकौंपछि धकेल्ने हुनाले आफ्नो वर्तमान क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका छन् ।

ट्वीटमा उनले इतिहासमा अतिवाद र अस्थीरताले निम्त्याएको समस्याहरुलाई मनन गर्न अनुरोध समेत गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’