१४ बैशाख २०८१, शुक्रबार

सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य, सिट भन्दा बढी यात्रु चढाउन नपाइने

bus
फाइल फोटो

काठमाडौंका सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । कोरोना संक्रमण जोखिमलाई रोकथाम र नियन्त्रणका गर्न सरोकारवाला निकाय बिचको छलफलमा यस्तो निर्णय गरिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा सार्वजनिक सवारीमा मास्कको अनिवार्य प्रयोग गर्ने निर्णय भएको हो ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि अनिवार्य मास्क प्रयोग गर्नुपर्र्नेे निर्णय गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय पनि गरिएको छ । साथै सार्वजनिक यातायातमा अनुगमन र निगरानी पनि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अबदेखि सिट क्षमता अनुसार यात्रु राख्नुपर्नेछ । सवारीमा चढ्ने यात्रुले भौतिक दूरीलगायत सुरक्षाका मापदण्ड अनिवार्य पालना गनुपर्ने निर्णय भएकोसमेत प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।