१३ बैशाख २०८१, बिहीबार

अछाम प्रशासनद्वारा पनि आंशिक निषेधाज्ञा जारी

Achham

जिल्ला प्रशासन कार्यालय अछामले आंशिक निषेधाज्ञा जारी गरेको छ ।

भारतका केही राज्यहरूमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले विभिन्न आदेश जारी गरेको हो ।

आदेशमा आउँदै गरेको होली पर्वलगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रामा भीडभाड नर्गन, धार्मिक तथा सामाजिक क्षेत्रमा भौतिक दुरी कायम गर्न, मानिसको आवागमन बिहान ४ देखि बेलुका १० बजेसम्म मात्र गर्न भनिएको छ ।

त्यस्तै ज्वरो आएका यात्रुहरुको मलेरिया तथा सम्भव भए कोभिड १९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भनिएको छ । बैठक, सेमिनार गोष्ठी भर्चुअल माध्यमबाट गर्ने, यदि अत्यावश्यक भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भनिएको छ।

बुधबार (हिजो) राति १२ बजेदेखि लागु हुने गरी अर्को व्यावस्था नभएसम्मका लागि प्रशासनले कडाई गरेको छ । यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख छ।