१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘ए’ निर्देशक दुर्घटनामा घाइते, छायांकन प्रभावित

bhoman bike accident

फिल्म ‘ए’ को छायांकन गर्न जाने क्रममा निर्देशक भोमन कटुवाल सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

उनी चढेको मोटरसाइकल कुपन्डोलमा दुर्घटना भएको छ भने उनलाई घुँडामा चोट लागेको छ । उनको अहिले कलंकीको नेपाल नेशनल अस्पताल भर्ना गरिएको छ ।

bhoman

फिल्म ‘ए’ को मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगाएत रहेकाछन् भने बाल कलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

फिल्म युनिटका अनुसार कटुवालको अवस्था सामान्य रहेको र डक्टरको निगरानीमा रहेका छन ।