७ बैशाख २०८१, शुक्रबार

अर्घाखाँची सिमेन्ट र श्री स्टिल महाप्रबन्धक एमाले प्रवेश

CPN UML party office

नेकपा (एमाले)मा उद्योगपति राजेशकुमार अग्रवाल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीले स्वागत पश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वास समेत व्यक्त गर्नुभयो । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत हुनुहुन्छ । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उहाँ हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

आफू यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उहाँ प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुभएकाले उहाँको पार्टी एमालेमा प्रवेश गरेको बताउनुभयो ।

“प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ”, उहाँले भन्नुभयो । केही दिन अघि मात्र किशोर प्रधानको नेतृत्वमा १०० बढी उद्योग व्यवसायी एमालेमा प्रवेश गरेका थिए ।