१६ चैत्र २०८०, शुक्रबार

प्रदेश नं १ मा चौध हजार क्षयरोगी

tuberculosis

प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ ।

सेभ द चिल्ड्रेन, विराटनगरले पत्रकार सम्मेलन गरी यस प्रदेशका झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ । यस प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सो संस्थाले जनाएको छ ।

एक अध्ययन अनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ । संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषण युक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको तर्क गर्नुभयो ।

उहाँले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिनुभयो । उपचार सहयोगीको निगरानीमा औषधि खानु अगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयरोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ ।