१५ चैत्र २०८०, बिहीबार

आजबाट भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खुल्यो

bhimphedi kulekhani road scaled

मर्मत सम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द रहेको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आज बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।

भीमफेदी देखि देउराली भञ्ज्याङ सम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौर सम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदनभण्डारी राजमार् गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो ।