१४ बैशाख २०८१, शुक्रबार

पहिरोले मकवानपुरको भिमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध

Deurali pahiro ejbNxysxws

मकवानपुरको देउरालीमा पहिरो खस्दा हेटौंडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । बिहिबारदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–६ देउरालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी नै यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वोर रिमालले जानकारी दिए । लगातार वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको उनले बताए । वर्षा केही कम हुनासाथ पहिरो पन्छाउने कार्य सुरु गरि यातायात सन्चालन गरिने उनको भनाई छ ।