७ बैशाख २०८१, शुक्रबार

पाँचखालामा चितुवा मारियो, आक्रमणबाट चौध स्थानिय घाईते

leopard

आईतबार विहानबाट आक्रमण सुरु गरेको चितुवाले सोमबार दिउंसो सम्म १४ जनालाई घाईते बनाए पछी स्थानिहरुले चितुवालाई मारेका छन् । चितुवाको पहिलो आक्रमण लगत्तै प्रहरीलाई जानकारी गराइएको स्थानियले बताए । प्रहरी नपुगेपछी मंगलवार सम्म ९ जना घाईते भएका थिए ।

वडा अध्यक्ष रामशरण दुलालका अनुसार सोमबार विहान पाँचखाल नगरपालिका वडा नं ६ बाट क्याम्पस पढ्न जाने ४ जना विद्यार्थीहरुलाई आक्रमण गरेको थियो । उनीहरुलाई पाँचखाल नगरपालिका वडा नं ६ को सिफारिसमा उपचारको लालि प्रति घाईते १० हजारका दरले सहयोग गरेको थियो ।

मंगलबार स्थानियहरुले दिउँसो ४ बजेको समयमा चितुवाले थप आक्रमण गर्ने डरले घरेलु हतियार प्रहार गरी मारेको जानकारी प्राप्त भएको छ ।

tiger killed paanchkhaal

चितुवा मारेको केही समयपछि धुलिखेल स्थित काभे्रभँज्याङ्ग र देवभूमि बालुवाबाट प्रहरी टोलि आईपुगेको थियो । वडा अध्यक्ष रामशरण दुलाल र स्थानियहरु साथै प्रहरीको उपस्थितिमा चितुवालाई वन कार्यालयलाई जिम्मा दिएको थियो ।

मंगलवार घाईते हुनेहरुमा पाँचखाल वडा नं ६ बस्ने बर्ष ६५ को भिम कुमारी सत्याल, बैकुण्ठ कायष्थ, अर्जुन श्रेष्ठ, कृष्ण वहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायष्ठ, सनक वहादुर वि.क रहेका छन् । धुलिखेल वडा नं ११ को नारायण बडाल र नाम नखुलेको एक जना रहेका छन् ।