१६ चैत्र २०८०, शुक्रबार

चलचित्र “बुलबुल”ले पायो फ्रान्समा पब्लिक च्वाइस अवार्ड

movie bulbul france

बिनोद पौडेल निर्देशित फिल्म बुलबुलले फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टीबलमा पब्लिक च्वाइस अवार्ड हात पारेको छ । आइतबार बेलुका सम्पन्न अवार्ड समारोहबाट उक्त फिल्म दर्शकको रोजाइमा परेको हो भने दर्शकले अभिनेत्री स्वस्तिमा खडकाको अभिनयको तारिफ गरेका थिए । ३ बिधामा बडिएको अवार्डमा २ बिघा भने भारतिय फिल्मले हात पारेका छन ।

उक्त अवार्डमा सहभागि हुन नेपालबाट अभिनेत्रि स्वस्तिमा खडका र निर्देशक पौडेल फ्रान्स पुगेका थिए । बुलबुलले यसअघि नेपालमै राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिबलमा एउटा अवार्ड पाइसकेको छ भने बिदेशमा आयोजना भएको बिभिन्न महोत्सबहरुमा समेत अवार्ड हात पारिरहेको छ । गतबर्ष प्रदर्शनमा आएको यस फिल्ममा स्वस्तिमासँगै मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री लगायतको अभिनय रहेको थियो ।

    सम्बन्धित समाचार...