
दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
घाईते हुनेमा
- तुलसीपुर १६ बस्ने १७ वर्षकी अन्जली खत्री,
- वर्ष १७ को रोमस डाँगी,
- वर्ष २० का सन्दिप केसी,
- बर्ष १७ की अन्जना चौधरी,
- तुलसीपुर वडा नम्वर १५ बस्ने २२ बर्षको सन्देश चौधरी,
- वडा नम्वर १६ बस्ने १८ बर्षको आकाश जंग चौधरी,
- सोहि वडाको २० बर्षका चम्पा डाँगी,
- १७ बर्षिय सागर केसी,
- १८ बर्षिय सरद पाण्डे ,
- १९ बर्षिया प्रतिज्ञा डिसी,
- १९ बर्षको सन्देश खत्री,
- १८ बर्षिया सपना चौधरी,
- दंगीशरण ४ बस्ने १६ बर्षिया देवका डाँगी,
- तुलसीपुर १५ बस्ने १८ बर्षिया उर्मिला चौधरी,
- तुलसीपुर १६ बस्ने १९ बर्षको अनिल चौधरी ,
- १६ बर्षको सुनिल चौधरी र २० बर्षिय खगेन्द्र केसी
लगायत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।