१२ बैशाख २०८१, बुधबार

माधव नेपाल,भीम रावलसहित चार नेताहरुलाई स्पष्टीकरण पत्र

Madhav Nepal Bhim Rawal Surendra Pandey and Ghanashyam Bhusal

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।

‘बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैबीच नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए । ‘खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन’, रावलको भनाइ छ ।